‘छक्का पञ्जा ३’को बम्पर कलेक्सन, दुई दिनमा २ करोड
काठमाण्डौ । घटस्थापनको दिनदेखि देशका २ सय हलहरुमा प्रदर्शन गरिएको फिल्म ‘छक्का पञ्जा ३’ले बम्पर कमाई गरिरहेको छ । पहिलो दिनमा १ सय ३० करोडको व्यापार गरेको यस फिल्मले दोस्रो दिनपनि बम्पर कलेक्सन कायमै राखेको छ ।
निर्माण पक्षका अनुसार बुधबार यो चलचित्रले देशैभर हाउसफूलको व्यापार गरेको थियो भने दोश्रो दिन अर्थात् बिहीबार पनि यस चलचित्रले ८० लाख माथिको व्यापार गरेको चलचित्रकी निर्देशक दीपाश्री निरौलाले जानकारी दिएकी छन् ।
उनका अनुसार दुई दिनमा चलचित्र २ करोड ग्रस कलेक्शन गरेको छ ।
फिल्ममा दीपकराज गिरी, शिवहरि पौडेल, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्धि तामाङ, विल्सनविक्रम राईलगायतले मुख्य भूमिकामा काम गरेका छन् ।
त्यसैगरी, फिल्ममा अतिथि कलाकारका रूपमा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, सन्जोग कोइरालाले पन अभिनय गरेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment