विवाह भन्दा अगाडि ४३ दिनसम्म अभिताभको घरमा किन बसेकी थिइन् सोनिया गान्धी ?

डिसी नेपाल
२७ असोज २०७५ १:३८

एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चन ७६ वर्षका भए। अमिताभ पूर्वप्रधानमन्त्री स्वर्गीय राजीव गान्धीका बच्चा बेलाका साथी हुन्। तर के तपाइँलाई थाहा छ, राजीव गान्धीकी श्रीमती सोनिया गान्धीसँग पनि अमिताभ बच्चनको नजिकको सम्बन्ध थियो। यो सम्बन्ध राजीव र सोनियाबीच विवाह हुनुभन्दा पहिला नै थियो। अभिताभ र सोनियाबीचको सम्बन्धका विषयमा राशिद किदवईको किताब नेता–अभिनेता : बलिउड स्टार पावर इन इण्डिया पोलिटिक्स’ मा उल्लेख गरेका छन्।

उक्त किताबमा लेखिएको छ,– ‘१३ जनवरी १९६८ मा अमितजीले सोनिया गान्धीलाई दिल्लीको पालम एयरपोर्टमा रिसीभ गरेका थिए र सोनिया ४३ दिनसम्म अमिताभको घरमा बसेकी थिइन्। त्यसपछि २५ फेब्रुअरी १९६८ मा राजीवले सोनियासँग विवाह गरे।’

रमाइलो त के भने उनीहरुबीचको विवाह अमिताभका बुवा हरिवंश राय र तेजी बच्चनले गराएका थिए। इन्दिरा गान्धीले विवाह भन्दा पहिला सोनियालाई आफ्नो परिवार वा होटलमा राख्न अस्वीकार गरेकी थिइन्। १९८५ मा ‘धर्मयुद्ध’ म्यागेजीनलाई दिएको एक अन्तर्वातामा सोनिया गान्धीले बच्चनसँगको आफ्नो सम्बन्धका विषयमा उल्लेख गरेकीछन्।

‘मम्मी (इन्दिरा) ले मलाइ विवाह भन्दा पहिला बच्चन परिवारकोमा बस्न भन्नु भएको थियो, ताकि म भारतीय संस्कृति सिक्न सकूँ। यो परिवारबाट मैले विस्तारै विस्तारै धेरै कुरा सिकेँ। तेजी आन्टी मेरी दोस्रो होइन तेस्रो आमा हो। मेरी पहिली आमा इटलीमा हुनुहुन्छ। दोस्री आमा इन्दिरा गान्धी हो। यसै कारण मेरो तेस्री आमा तेजी आन्टी हुनु भयो। अमित (अमिताभ) र बन्टी (अजिताभ) मेरा दाइ हुन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *