उसले राती फोन गरेर के कपडा लगाएकी छौ भन्थ्यो, म भने….
एजेन्सी । बलिउड निर्देशक साजिद खानमाथि उनकी पूर्व असिस्टेन्ट डाइरेक्टर तथा अभिनेत्री सलोनी चोपडाले सेक्सुअल ह्यारेसमेन्टको आरोप लगाएकी छन्।
सलोनीका अनुसार साजिदले उनीसँग विकिनी फोटो मागे, धेरैपटक गलत स्थानमा छोए र अश्लील कमेन्ट गरे। सलोनीपछि अन्य दुई महिलाले पनि साजिदमाथि सेक्सुअल ह्यारेसमेन्टको आरोप लगाएका छन्।
सलोनीले सेक्सुअल ह्यारेसमेन्टको कथा यसरी पोखेकी छन् . कामका क्रममा मलाई पहिलो इन्टरभ्यूमै उसले सेक्ससँग सम्बन्धित प्रश्न गर्यो। काम दिएपछि उ मलाई राती २ बजे फोन गथ्र्यो। कामको कुनै कुरा हुँदैनथ्यो।
उसले सोध्थ्यो, के कपडा लगाएकी छौ, के खायौ यस्तै यस्तै। उ मलाई आफ्नी गर्लफ्रेण्डबारे भद्दा कुरा बताउँथ्यो। म धेरै रात रुँदै रुँदै सुतेँ। मेरै अगाडी एक कस्ट्यूम ट्रायलका क्रममा एक युवतीलई स्कर्ट उठाउन भन्यो।
एक राती त अति भयो। उसको फोनले म हैरान भइसकेकी थिएँ । उसले भन्यो अहिले नै मेरो घर आउ। मैले सोधेँ के तिमी मसँग सुत्न चाहन्छौ रु उसले भन्यो, ‘तिमी मुर्ख हौं। कास्टिंग काउचको मतलब एक पटक सुत्नु हुँदैन।’
उसले कयौं निर्देशकको नाम लिँदै ती निर्देशकहरु महिनौसम्म अभिनेत्रीलाई राख्छन् भन्यो। मैले सोधेँ तिमी के चाहन्छौ ? उसले भन्यो, ‘जे मरो मर्जी, जे मन लाग्यो। हुन सक्छ म तिमिलाई छुन सक्छु र रेकर्ड गर्न सक्छु।’
यदि म रखेल बनिन भने मलाई कुनै काम नदिइनेसमेत भन्यो। मैले भने भाडमा जाओस काम। दोस्रो दिन म समयमै अफिस पुगेँ। उसले फेरि मसँग उस्तै कुरा गर्यो। मेरो हात समातेर तान्यो। मैले विरोध गरेपछि उसले भन्यो ‘तिमी मलाई एक्साईट गर्दिनौ।’ यो त्यहि बेला थियो जब मैले उसको अफिस छोडेँ।
उसले यसपछि पनि मलाई फोनमा धम्की दियो। मेरो करिअर समाप्त पार्ने धम्की दियो। मैले यो विषयमा अरुसँग पनि भने तर, कतैबाट मेरो कुरा सुनिएन। साजिदमाथि एक सीनियर पत्रकारले पनि सेक्सुअल ह्यारेसमेन्टको आरोप लगाएकी छन्। उनले एक अन्तर्वार्ताका क्रमम साजिदले उनलाई किस गरेको बताएकी छन्।
यस्तै अर्की मोडलले पनि आरोप लगाएकी छन्। उनले पनि कामका शिलशिलामा उसले आफूलाई एक्लै घर बोलाएर सेक्सुअल ह्यारेसमेन्ट गरेको बताएकी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment