नयाँ ‘शो’ सुरु गर्नुअघि बंगलामुखी मन्दिरको दर्शन गर्न पुगे कपिल शर्मा

डिसी नेपाल
२८ असोज २०७५ १२:५४

एजेन्सी । चाडै आफ्नो नयाँ टिभी शो लिएर दर्शकसामु आउँदै गरेका कमेडियन कपिल शर्मा बंगलामुखी दर्शनका लागि पुगेका छन्।

उनी आफ्नो टिभी शो ल्याउनुअघि बंगलामुखी दर्शनका लागि पुगेका हुन्। रिर्पोटका अनुसार उनले मन्दिरमा विशेष पुजा समेत गराएका थिए। कपिल शर्मा मन्दिर जाने जानकारी पाउने वित्तिकै उनका फ्यान उनलाई भेट्न मन्दिर परीसर पुगेका थिए।

दर्शनको भिड लागेपछि प्रहरीको समेत तैनाथ गरिएको थियो। रिर्पोटका अनुसार कपिल शर्माले हिमाचल प्रदेशस्थित माता बंगलामुखी दरबारमा हवन गराएका थिए।

उनले ट्वीट गर्दै आफ्ना फ्यानलाई सोनी टिभीमा आफ्नो पपुलर ‘द कपिल शर्मा शो’ लिएर आउने जानकारी दिएका थिए। यसैको सफलताको कामनाका लागि उनी मन्दिर पुगेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *