पोग्बालार्इ बार्सिलोना भित्र्याउने मेस्सीको चाहना

डिसी नेपाल
३ कार्तिक २०७५ ०:३१

एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेस्सीले म्यानचेस्टर यूनाइटेडका मिडफिल्डर पल पोग्बा ल्याउन क्लबलाई सुझाव दिएका छन्।

हालैका दिनमा म्यानचेस्टर यूनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो र पोग्बाको सम्बन्ध चिसिएको छ। उनीहरुबीच सहयोगीमार्फत कुराकानी हुने बताइएको छ। क्लबभित्र सम्बन्ध बिग्रिरहेका बेला मेस्सीले पोग्बालाई आफूले खेल्ने क्लबमा भित्राउन सुझाव दिएका हुन्।

पोग्बा अनुबन्ध गर्नेबारे मेस्सीलाई अर्का स्टार खेलाडी जिरार्ड पिकेले समेत समर्थन गरेका छन्। मेस्सी र पिकेको सुझावहरुलाई बार्सिलोनाले सकारात्मक लिने गरेको छ।

कुनै महत्वपूर्ण निर्णय गर्दा समेत बार्साले मेस्सी र पिकेलाई सोध्ने गरेको छ। बार्सिलोनामा यतिबेला स्टार मिडफिल्डरहरु इभान राकिटिक, फिलिप कोटिन्हो, सर्जियो बुस्केट्स छन्।

यद्यपि घाइते भएको खण्डमा उनीहरुलाई प्रतिस्थापन गराउन पोग्बाको खाँचो उनले औंल्याएका छन्। भर्खरै फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पोग्बा उत्कृष्ट मिडफिल्डर मध्य एक हुन्।

फ्रान्सका फरवार्ड ओउसमान डेम्बेले र डिफेन्समा स्यामुल उमटीटी बार्साका प्रभावशाली खेलाडी हुन्। फ्रान्सका पोग्बा बार्सा आए क्लब अझ बलियो बन्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *