युरोपियन फुटबल एसोसिएसन (युईएफए)ले पिएसजी र बेलग्रेडका समर्थकमाथि अनुसन्धान गर्ने

डिसी नेपाल
३ कार्तिक २०७५ ०:४४

एजेन्सी । युरोपियन फुटबल एसोसिएसन (युईएफए) ले च्याम्पियन्स लिग फुटबल अन्तर्गत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र सर्बियाको रेड स्टार बेलग्रेड क्लबबीचको खेल दौरान उपस्थित समर्थकमाथि अनुसन्धान गर्ने भएको छ ।

फ्रान्समा भएको उक्त खेलमा समर्थकहरुले खेलमा अवरोध पुर्रयाउने कार्य गरेको भन्दै युईएफएले अनुसन्धान गर्ने जनाएको छ ।

खेलमा समर्थकहरुले अवरोध गरेपछि युईएफले दुवै क्लबलाई जरिवाना गरिसकेको छ । खेलअघि समर्थकहरुले रंगशाला बाहिर आतिसबाजी लगायतका कार्य गरेका थिए ।

गत अक्टोबर ३ मा भएको उक्त खेलमा पिएसजीले बेलग्रेडलाई ६- १ गोल अन्तरले हराएको थियो । नेयमारले ह्याट्रिक गरेपछि पीएसजीले फराकिलो जित निकालेको थियो ।

यस खेलमा बेलग्रेडका १ हजार बढी समर्थक उपस्थित भएका थिए । तर, युईएफएले बेलग्रेडलाई आफनो समर्थकलाई टिकट बेच्न प्रतिबन्ध लगाएको थियो ।

यस्तै फ्रेन्च अधिकारीले यस खेलमा म्याच फिक्सिङ भएको आशंका गर्दै अनुसन्धान गर्ने जनाईसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *