जोभिक बने एकै खेलमा पाँच गोल गर्ने युवा खेलाडी

डिसी नेपाल
३ कार्तिक २०७५ ६:२३

एजेन्सी । जर्मन क्लब इन्ट्याच्ट फ्रान्क फर्टका फरवार्ड लुका जोभिक बुन्डेस लिगाको एकै खेलमा पाँच गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन्।

शुक्रबार राति भएको खेलमा फोर्चुना डसेलडोर्फविरुद्ध पाँच गोल गर्दै सर्बियन फरवार्ड जोभिक उक्त कीर्तिमान बनाएका हुन्। २० बर्षीय जोभिकले फ्रान्क फर्टबाट हालसम्म ३६ खेलमा १३ गोल गरिसकेका छन्।

उक्त खेलमा फ्रान्कफर्टले डसेलडोर्फलाई ७–१ ले हराएको थियो।

घरेलु मैदानमा भएको खेलमा फ्रान्कफर्टका लागि थप दुई गोल सेबस्टेन हाल्लेरले गरेका थिए। डसेलडोर्फका डोडी लुकबाकोईले एक गोल फर्काएका थिए।

जितसंगै फ्रान्कफर्टले ८ खेलबाट १३ अंक जोडेर छैटौं स्थान हासिल गरेको छ। पराजित डसेलडोर्फ पाँच अंक जोडेर लिगको पुछारमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *