मेस्सी र रोनाल्डोबिनाको ‘एल क्लासिको’ कस्तो होला?

डिसी नेपाल
४ कार्तिक २०७५ १३:१७

एजेन्सी । बार्सिलोनाका स्टार स्ट्राइकर तथा कप्तान लियोनल मेस्सी गएराती सेभियाविरुद्धको खेलमा घाइते भए। दाहिने हातको चोटपछि मेस्सी अब तीन साता मैदान बाहिर रहने भएका छन्।

सेभियासंगको खेलमा घाइते भएसंगै मेस्सीले रियल मड्रिडविरुद्ध हुने सिजनको पहिलो ‘एल क्लासिको’ भिडन्त गुमाउने भएका छन्।

मेस्सी घाइते भएसंगै बहुचर्चित भिडन्त एल क्लासिको आफ्नो पुस्ताका दुई स्टार खेलाडीबिना हुने भएको छ। सिजनको पहिलो एल क्लासिको भिडन्त आगामी आइतबार बार्सिलोनाको मैदानमा हुनेछ।

यस पटकको एल क्लासिको भिडन्तमा मेस्सीसंगै पोर्चुगिज फरवार्ड रोनाल्डोबिना हुनेछ। र, ११ बर्षपछि मेस्सी र रोनाल्डोबिना एल क्लासिको हुन लागेको हो।

मेस्सी र रोनाल्डो नहुने भएपछि यस पटकको एल क्लासिकोबाट एक युगको अन्त्य भएको समेत अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ।

पछिल्लो एल क्लासिको भिडन्त यीनै मेस्सी र रोनाल्डोको कारण थप चर्चामा आउने गर्थ्यो। तर, ११ बर्षपछि मेस्सी र रोनाल्डो यस भिडन्तमा हुने छैनन्।

अघिल्ला एल क्लासिको भिडन्तमा मेस्सी र रोनाल्डोबीच को उत्कृष्ट हुने भन्नेमा होडबाजी नै चल्थ्यो। यस्तै कसले बढी गोल गर्ने भन्नेमा होडबाजी नै चल्थ्यो।

अर्जेन्टिनाका कप्तान मेस्सी दोस्रो एल क्लासिको भिडन्तबाट उपलब्ध हुनेछन्। तर, रोनाल्डो भने उपस्थित हुने छैनन्। रोनाल्डो यसै सिजन रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्ट्स लागेका छन्।

बार्सिलोनाले सन् २००७ देखि नै एल क्लासिको खेल्दै आएका छन्। रोनाल्डो भने सन् २००९ देखि २०१८ सम्म एल क्लासिको भिडन्तमा उपस्थित रहे।

मेस्सी एल क्लासिको भिडन्तमा सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन्। ३१ बर्षिय मेस्सीले २६ गोल गरेर सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन्।

रोनाल्डो एल क्लासिको भिडन्तमा सर्वाधिक गोल गर्नेको दोस्रो नम्बरमा छन्। १८ गोल गरेका रोनाल्डो पुर्व रियल स्टार अल्फ्रेडो डी स्टेफानोसंग संयुक्त रुपमा दोस्रो स्थानमा रहेका हुन्।

यस पटक मेस्सी र रोनाल्डो नहुने भएपछि एल क्लासिको भिडन्तले कम रौनकता पाउने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दाबी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *