अन्तर्राष्ट्रिय क्रिकेटमा म्याच फिक्सिंग सम्बन्धि सनसनीपूर्ण खुलासा (भिडियो सहित)

डिसी नेपाल
५ कार्तिक २०७५ ११:३३

एजेन्सी । कतारको अरेवी समाचार एजेन्सी अल जजिराले अन्तर्राष्ट्रिय क्रिकेट सम्बन्धि गरेको एक स्टिंग अप्रेशनमा म्याच फिक्सिंग सम्बन्धि सनसनीपूर्ण खुलासा गरेको छ।

समाचारअनुसार २०११ र २०१२ मा १५ वटा खेलमा २६ पटक म्याच फिक्सिंग गरिएको छ । यसमा पाकिस्तान, अस्ट्रेलिया र इंग्ल्याण्डका खेलाडी समावेश रहेको बताइएको छ।

तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अलm जजिराको यो दावीलाई खारेज गरेको छ । आईसीसीले स्टिंग अप्रेशनको एडिट नगरिएको फूटेज मागेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

अल जजिराले ‘क्रिकेट्स म्याच फिक्सर्स : द मनुवार फाइल्ल’ नामको एक डक्यूमेन्ट्री प्रशारण गरेर क्रिकेटमा हुने फिक्सिंगको पर्दापाmस गरेको हो ।

समाचारअनुसार ६ वटा टेस्ट, ६ वटा एकदिवसीय र ३ टी ट्वान्टीमा म्याच फिक्सिंग गरिएको थियो । आईसीसीले पनि सूचनामा राखेको अन्तर्राष्ट्रिय म्याच फिक्सर्स अनिल मुनावरको बयानका आधारमा अल जजिराले ७ वटा खेलमा इंग्ल्याण्ड, ५ वटामा अस्ट्रेलिया र ३ खेलमा पाकिस्तानका खेलाडीले फिक्सिंग गरेको जनाएको छ ।

२०११ मा भारत र इंग्ल्याण्डबीच लड्समा खेलिएको टेस्ट र सोही वर्ष केपटाउनमा भएको दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच भएको टेस्टमा पनि फिक्सिंग भएको दावी छ ।

अल जजिराले २०११ को विश्व कपका ५ वटा खेलमा समेत फिक्सिंग भएको दावी गरेको छ । यस्तै २०१२ मा भएको टी ट्वान्टी विश्व कपका ३ खेलमा पनि फिक्सिंग भएको दावी छ ।

यस्तै २०१२ मा यूएईमा भएका पाकिस्तान र इंग्ल्याण्डबीचका ३ वटा टेस्टमा पनि फिक्सिंग भएको दावी गरिएको छ ।

स्टिंग अप्रेशनमा बूकीले भनेको छ, ‘हामी ६० देखि ७० प्रतिशत अन्तर्राष्ट्रिय खेल फिक्सिंग गर्न सक्छौं । हामी दुनियामा २५ देखि ३० धेरै ठूला कस्टमर्सका साथ डिल ग‘हामी ६० देखि ७० प्रतिशत अन्तर्राष्ट्रिय खेल फिक्सिंग गर्न सक्छौं । हामी दुनियामा २५ देखि ३० धेरै ठूला कस्टमर्सका साथ डिल गर्छौ । उीहरु हरेक खेलबाट देखि १० करोड कमाउँछन् ।,’

भारतको मुम्बैमा जन्मेको मुनावर दुबईमा बस्दै आएको छ । भारतीय प्रहरीले पनि उसलाई खोजिरहेको छ ।

अल जजिराले मुनावर २०१० देखि म्याच फिक्सिंगमा लाखेको दावी गरेको छ । यो कुरा आईसीसीलाई पनि थाहा भएको अल जजिराले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *