पिपिएलका लागि धनगढीले भित्र्यायो दुई विदेशी खेलाडी

डिसी नेपाल
५ कार्तिक २०७५ १३:०३

काठमाडौँ । यही कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल)का लागि एक्सपर्ट धनगढी ब्लुजले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ।

धनगढीले इङ्ल्याण्डका ब्याट्सम्यान ड्यान लरेन्स र पाकिस्तानी बलर उमेद आसिफलाई टोलीमा भित्र्याएको धनगढी ब्लुजका मुख्य लगानीकर्ता व्यवसायी सञ्जीव शर्माले जानकारी दिए। प्रतियोगिताको नियमानुसार प्रत्यक टोलीले दुई विदेशी खेलाडी राख्न पाउनेछन्।

पिपिएलमा धनगढीले कात्तिक १० गते काठमाडौँ रोयल्स, कात्तिक ११ गते विराटनगर टाइटन्स, कात्तिक १४ गते चितवन राइनोज, कात्तिक १५ गते बुटवल ब्लास्टर्स र कात्तिक १६ गते पोखरा पल्टनसँग खेल्नेछ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्दैछन्। पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए।

यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत मान्यता दिएको छ। यसअघि प्रतियोगितामा भाग लिनेछ टोली, स्वामित्व र मार्की खेलाडीको टुङ्गो लागिसकेको छ। प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्स छन्।

प्रतियोगितको विजेताले रु २५ लाख पुरस्कार पाउनेछ भने प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक-एक थान मोटरसाइकल पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *