बलिउड अभिनेता एजाज खान राति होटलबाट पक्राउ

डिसी नेपाल
६ कार्तिक २०७५ ११:२१

एजेन्सी ।  बलिउड अभिनेता एजाज खान सोमबार राति होटलबाट पक्राउ परेका छन्। उनका साथबाट प्रहरीले नसालु पदार्थ समेत बरामत गरेको छ।

मुबंई पुलिसको एन्टी नारकोकिक्स सेलले उनलाई सोमबार राति होटल बेलापुरबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई आजै अदालत सामु पेश गरिने छ।

एजाज खानले कयौँ बलिउड फिल्म र टिभी शो मा काम गरिसकेका छन्। उनी बिग बोस-७ मा पनि देखिएका थिए। उनी बिग बोसको सबैभन्दा विवादित कन्टेस्टेन्ट मध्ये एक हुन्। उनलाई अलिमाथि कुटपिट गरेको आरोपमा बिगबोसको घरबाट निकालिएको थियो।

उनले केही हिन्दी र साउड फिल्ममा पनि काम गरिसकेका छन्। उनीमाथि एक मोडलले अश्लिल म्यासेज र तस्वीर पठाएको आरोप समेत लगाइसकेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *