अष्ट्रेलियाका पुर्व कप्तान क्लार्कले गरे सन्दीपको प्रसंशा

डिसी नेपाल
६ कार्तिक २०७५ १३:४०

काठमाडौं । अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको सफलताले आफुलाई गौरवान्तित तुल्याएको बताएका छन् ।

लेग स्पिनर सन्दीप अष्ट्रेलियाको बिग ब्यास (बीबीएल) क्रिकेट लिगमा अनुबन्धित भएपछि सामाजिक संजालबाट क्लार्कले आफुलाई गर्व महसुस भएको बताएका हुन् ।

सन्दीपले मेलबर्न स्टार्सबाट यस सिजनको बीबीएल खेल्ने छन् । डिसेम्बर १९ बाट सुरु हुने लिगका लागि क्लबले सन्दीपलाई सोमबार अनुबन्ध गरेको जनाएको थियो ।

सन्दीप डिसेम्बर १० मा टिममा सामेल हुनेछन् । र, सन्दीप बीबीएल खेल्ने एसोसियट राष्ट्रको पहिलो खेलाडी हुन् ।

विश्वकप विजेता अष्ट्रेलियाका पुर्व कप्तान क्लार्कले सन्दीपलाई मेन्सन गर्दै ट्वीटरबाट लेखेका छन्, ‘लिटल च्याम्पियनबाट मलाई निकै गर्व छ । सपना सत्य हुन्छन् जब तिमी पछाडी बन्द गरेर काम गर्छौ ।’

१८ बर्षिय सन्दीपको क्रिकेटको सफलतामा उडानमा क्लार्कको हात महत्वपूर्ण रहेको छ । सन्दीपलाई अतर्राष्ट्रिय एक्सपोजर दिलाउने काम क्लार्कले नै गरेका हुन् । क्लार्क र सन्दीपको भेट सन् २०१७ मा हङकङ टी–२० ब्लिट्ज क्रिकेट प्रतियोगिताको क्रममा भएको थियो । जहाँ सन्दीप क्लार्कको कप्तानीमा मैदान उत्रिएका थिए ।

प्रतियोगिताको दौरान सन्दीपको खेल कौशलबाट प्रभावित भएर क्लार्कले आफ्नो एकेडमीमा प्रशिक्षणको लागि बोलाएका थिए । त्यसपछि सन्दीपले क्लार्कको क्रिकेट एकेडमीमा प्रशिक्षण गर्नुका साथै क्लार्कको क्लब वेष्ट्रन सवर्वस् डिस्ट्रिक क्लबबाट २०१६–१७ को सिजनको प्रिमियर ग्रेड क्रिकेट लिग खेलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *