रणवीर-दीपिकाको बिहे सहभागी हुनेछन् यी बलिउड स्टार
एजेन्सी । बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोण आगामी नोभेम्बर १४ र १५ मा बिहे गर्दै छन् । उनीहरुको बिहे इटालीमा हुनेसमेत जनाइएको छ।
बिहेको मिति र स्थान निश्चित भएसँगै सो बिहेमा सहभागी हुने पाहुनाबारे पनि चर्चा शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सो बिहेमा रणवीर र दीपिकाका आफन्त र साथीहरु सभागी हुनेछन्।
सो बिहे कार्यक्रममा बलिउडका किंग खान शाहरुख खानलाई निम्तो दिइएको समाचारहरुमा जनाइएको छ। यस्तै फिल्म गुण्डेमा सँगै अभिनय गरेका अर्जुन कपुरलाई पनि सो बिहेमा निम्तो हुने जनाइएको छ।
निर्माता निर्देशक करण जौहर र रोहीत सेट्ठी पनि सो बिहेको पाहुना बन्ने बताइएको छ।
फिल्म राम लिला, गोलीऔंका रास लिलामा सँगै काम गरेपछि एक अर्काप्रति नजिकिएका रणवीर सिंह र दीपिकाले ६ वर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्।
रणवीर सिंहसँग प्रेममा पर्नुअघि दीपिकाको नाम विभिन्न व्यक्तिहरुसँग जोडिएको थियो। रणवीर कपुर, सिद्धार्थ माल्य, यूवराज सिंहसँग उनको नाम जोडिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment