धेरै सेक्सी भएको भन्दै यी हिरोइनलाई फिल्म खेल्न प्रतिबन्ध
एजेन्सी। कम्बोडियाकी एक हिरोइनलाई धेरै सेक्सी भएको भन्दै सरकारले फिल्म खेल्न प्रतिबन्ध लगाएपछि यो विषय अहिले चर्चामा छ। उनलाई देशको संस्कृति मन्त्रालयले नै धेरै सेक्सी भएको भन्दै एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको हो।
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन्। नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो।
अन्य नायिकाले झै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन्। ‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन्’ उनले भनिन ‘फेसबुकमा तस्विर पोस्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment