मेस्सीविना बार्सिलोनाको रोमाञ्चक जित (भिडियो )

डिसी नेपाल
८ कार्तिक २०७५ ९:५०

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले ईटालियन क्लब ईन्टर मिलानलाई हराएको छ । च्याम्पियन्स लिगमा सतप्रतिशत जित निकाल्ने क्रममा बार्सिलोनाले ईन्टर मिलानलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाको जितमा राफिन्हा र जोर्डी अल्बाले गोल गरे । ३२ औ मिनेटमा राफिन्हाले दिलाएको अग्रतालाई अल्बाले ८३ औ मिनेटमा दोब्बर पारेका थिए ।

पाहुना टोली युभेन्ट्सका गोलकिपरले बार्साका केही राम्रा प्रहारहरुलाई उत्कृष्ट बचाउ गरेका थिए । बार्सिलोना आफ्ना स्टार खेलाडी लियोनल मेस्सीबिना मैदान उत्रिएको थियो । स्पेनिस लिगको पछिल्लो खेलमा चोट बोकेका मेस्सी करिब ३ साता मैदान बाहिर रहनेछन् ।

जितसंगै बार्साले ३ खेलबाट ९ अंक जोड्दै समुह बीको शीर्ष स्थानमा आफुलाई बलियो बनाएको छ । दोस्रो स्थानको ईन्टरको ६ अंक छ । प्रिमियर लिग क्लब टोटनहम एक अंक सहित तेस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *