डब्लुडब्लुइ युनिभर्सल च्याम्पियन रोमन रेन्सलाई गम्भीर रोग, गरे रिङ छाड्ने घोषणा

डिसी नेपाल
८ कार्तिक २०७५ १०:००

एजेन्सी। डब्लुडब्लुईको ‘अलेक्जेण्डर’ रोमन रेन्सले रिङ छोडेका छन् । डब्लुडब्लुइ युनिभर्सल च्याम्पियन रोमन रेन्सलाई ल्युकिमिया भएको छ । जसको कारण उनले डब्लुडब्लुईको रिङ केही समयको लागि छाडेका हुन् । डब्लुडब्लुइको ‘मण्डे नाइट र’मा उनले आफूलाई ल्युकिमिया भएको र उपचार गर्नको लागि रिङ छाडेको बताएका हुन् ।

रोमन रेन्सले ल्युकिमिया जस्ता गम्भीर रोगको शिकार भएर पनि कराडौैंलाई मनोरञ्जन दिँदै आएका थिए । ल्युकिमिया एक प्रकारको ब्लड क्यान्सर हो । यो ब्लड सेल्स बढ्ने रोग हो । ल्युकिमिया भएपछि ह्वाइट ब्लड सेल्सको डीएनएमा समस्या उत्पन्न हुन्छ । रोमन रेन्सले बताए अनुसार, ११ वर्षको उमेरमा उनि यो रोगको शिकार बनेका थिए । उपचारपछि यो रोगबाट छुटकरा पाउँदै आएका रोमन रेन्सलाई पुनः यो रोगले च्यापेको हो ।

रोमन रेन्सको यो फैसलाले वल्र्ड रेसलिङ इन्टरटेन्मेन्टमा सबैलाई दुखी बनाएको छ । किनभने उनी डब्लुडब्लुइको सुपरस्टार हुन्, भने करोडौंको मन जितिसकेका छन् । उनले राम्रा राम्रा सबै खेलाडीहरुलाई हराईसकेका छन् । रोमनले रिङ छोड्दै गर्दा आफ्नो साथमा भएको डब्लुडब्लुई युनिभर्सल च्याम्पियनशिप पनि फिर्ता गरेका छन् । रोमनको यस्तो फैसलाले उनको फ्यानहरु निकै दुखी भएका छन् । नेपालमा पनि रेस्लर रोमनको लाखौं फ्यान छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *