भारतविरुद्ध नेपालको जितमा रेखाको चमत्कारी प्रदर्शन

डिसी नेपाल
९ कार्तिक २०७५ १३:१५

काठमाडौ । यु–१९ महिला राष्ट्रिय टिमका प्रशिक्षक हरिओम श्रेष्ठले शुक्रबार भारतविरुद्वको जितको सम्पुर्ण श्रेय स्ट्राईकर रेखा पौडेललाई दिएका छन् ।

थाइल्याण्डको चोनबुरी मैदानमा शुक्रबार भएको एएफसी यू १९ महिला च्याम्पियनसिप छनोट खेलमा भारतमाथि नेपालले दुई शून्य गोल अन्तरको शानदार जित निकालेको थियो । भारतविरुद्व दुई गोल गरेकी रेखाले उत्कृष्ट प्रर्दशन गरेको प्रशिक्षक श्रेष्ठको भनाई छ।

‘पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनौ । तर रेखाले दोस्रो हाफमा उत्कृष्ट प्रर्दशन गरिन्। जितको सम्पुर्ण श्रेय रेखालाई जान्छ,’ खेलपछि प्रशिक्षक श्रेष्ठले भने।

उनले नेपाल प्रतियोगिताको दोस्रो चरणमासमेत छनोट हुने विश्वास व्यक्त गरे।

‘दोस्रो खेलमा पाकिस्तानविरुद्व खेल्छौ । हामीले अघिल्लो पटक उसलाई १३–० ले हराएका छौं । अहिले मैले अनुमान गर्दा हामी निश्चित रुपमा दोस्रो चरणमा जादैछौं,’ उनले थपे ।

प्रशिक्षक श्रेष्ठले नेपालले क्षमताअनुसारको प्रर्दशन गरेमा भारतविरुद्व जित निकाल्नेमा आफु ढुक्क भएको बताएका थिए । भारतविरुद्व नेपालले उत्कृष्ट प्रर्दशन गरेको उनको भनाई थियो ।

भारतीय प्रशिक्ष एलेक्स एम्बोर्सले नेपाल जितको हकदार भएको बताए । ‘हामीले गोल गर्न सकेनौ । त्यसैले फरक बनायो । हामीले आफुभन्दा राम्रो टिमसंग हा¥यौ,’ उनले भने।

नेपालले छनोटको अन्तिम खेलमा पाकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *