मेस्सीबीना मैदानमा उत्रिएको बार्सिलोनाले एल क्लासिलाई परायो

डिसी नेपाल
११ कार्तिक २०७५ १२:४१

एजेन्सी । फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यानले मेस्सी बिनानै बार्सिलोनाले एल क्लासिको जित्न सक्ने बताएका छन् । ‘मेस्सीबिना नै बार्सिलोनाले अझै राम्रोसंग जित्न सक्छ’ ग्रिजम्यानले भनेका छन् ।

स्पेनिस लिग अन्तर्गत आईतबार राति बार्सिलोना र रियल मड्रिड भिड्दै छन् । स्पेनिस लिगमा दुवै टोलीको भिडन्तलाई एल क्लासिको रुपमा चिनिन्छ ।

रियल मड्रिडका स्ट्रार खेलाडी क्रिस्टियानो रोनाल्डोले इटालियन क्लव युभेन्ट्सलाई नयाँ गन्तव्य बनाएपछि ग्रिजम्यानलाई उनको ठाउँ लिने खेलाडीको रुपमा हेरिएको थियो ।
‘एल क्लासिको खेल अन्य एल क्यासिको जस्तै सुन्दर हुनेछ ।’ ग्रिजम्यानले थपे, ‘बार्सिलोनामा मेस्सी हुने छैनन् । तर जित्नका लागि प्रशस्त खेलाडी छन् । रियलले खेल जित्न धेरै मेहेनत गर्नुपर्ने छ ।’

एल क्लासिको भिडन्त नेपाली समय अनुसार राति ९ बजे सुरु हुनेछ । खेलमा ११ बर्षपछि मेस्सी र रोनाल्डोलाई देख्न पाईने छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *