भारतलाई पछि पार्दै नेपाल दोस्रो चरणमा प्रवेश

डिसी नेपाल
१२ कार्तिक २०७५ १:२२

फोटोः एनएसजेएफ

काठमाडौँ। नेपाली टोली आगामी २०१९ अप्रिलमा थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको छ।

थाइल्याण्डमा आइतबार भएको पहिलो समूहको अन्तिम खेलमा भारतले आयोजक थाइल्याण्डलाई १–० गोलअन्तरले पराजित गरे तापनि नेपाल हेड टु हेडका आधारमा दोस्रो चरणमा छनोट प्रवेश गरेको हो।

आइतबार नै भएको खेलमा नेपालले पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गरेको थियो। त्यसअघि भएको समूहको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भारतलाई २–० गोलअन्तरले पराजित गरेको थियो।

नेपालले पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाएको हो। पहिलो सहभागितामा नै नेपाली टोलीले ऐतिहासिक नतिजा प्राप्त गरेको हो। अब अन्तिम चरणमा छनोट हुन नेपालले अप्रिलमा हुने छनोट चरण पार गर्नुपर्नेछ। च्याम्पियनसिप छनोटमा विभिन्न छ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन्।

थाइल्याण्ड एएफसी यू–१९ महिला च्याम्पियनसिप आयोजकको नाताले यसअघि नै अन्तिम चरणमा छनोट भइसकेको छ। थाइल्याण्ड समूह विजेता, नेपाल समूह उपविजेता र भारत तेस्रो स्थानमा रहेको छ। थाइल्याण्ड समूह विजेता भएसँगै नेपाल अन्तिम चरणमा छनोट हुने पक्का भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *