मिस वर्ल्डको टप २० मा पुगेकी होइनन् श्रृंखला, समाचार भ्रामक भएको पुस्टी, यो हो यथार्थ( भिडियो)
काठमाडौं। विश्व भरी नेपाली माझ मिस वल्र्ड प्रतिस्पर्धा गरिरहेकी नेपाली प्रतियोगि श्रृंखला खतिवडको बारेमा आएको खुसीको समाचार भ्रामक रहेको पुस्टी भएको छ । यतीबेला प्रतिस्पर्धा गरिरहेकी श्रृंखलाको विषयमा आएका छ्यापछ्याप्ती आइरहेका समाचारहरु सतही एवं भ्रामक रहेका छन् । समाचार लेख्नेहरुले वास्तविकता नबुझी समाचार लेखिदिँदा पाठकहरु भ्रममा परिरहेका छन् । शुक्रबार बेलुका भोटिङका आधारमा ‘हेड टु हेड च्यालेन्ज’का २० समूहका समूह विजेता घोषणा गरिँदा श्रृंखला पूरै प्रतियोगिताको टप २० मा परेको भन्दै धेरै मिडियामा समाचार आयो जुन समाचार गलत थियो ।
टप ३० कै समीकरण पूरा भै नसकेको अहिलेको अवस्थामा श्रृंखला कसरी टप २० मा पुगिसकिन् ? ‘हेड टु हेड च्यालेन्ज’को टप २० लाई पूरै प्रतियोगिताको टप २० सम्झेर समाचार लेखिँदा यस्तो भ्रम सिर्जना भएको हो । शुक्रबार घोषणा गरिएका २० प्रतियोगी हेड टु हेड राउण्डको दोस्रो चरण प्रवेश गरेका हुन् र यो च्यालेन्जबाट १० जना मात्र टप ३० सम्म पुग्न सक्छन् अर्थात यी २० बाट अझै १० जना बाहिरिनेछन् ।
टप ३० मा अहिलेसम्म जापान, फ्रान्स र अमेरिका मात्र पुगेका छन् । फ्रान्स टप मोडल प्रतियोगिताको विजेता भएर, जापान ट्यालेन्ट राउण्डको विजेता भएर र अमेरिका स्पोर्टस राउण्डको विजेता भएर टप ३० मा पुगेका हुन् । हेड टु हेडको फाइनल शनिबार भइरहेको छ र फाइनलपछि १० जना मात्र यो च्यालेन्जबाट पूरै प्रतियोगिताको टप ३० मा पुग्नेछन् जसमध्ये एक श्रृंखला पनि हुन सक्छिन् । त्यसपछि टप ३० मा पुग्नेहरुको संख्या १३ पुग्नेछ र बाँकी १७ जना अन्य च्यालेन्ज पार गर्दै टप ३० मा आउनेछन् ।
ब्युटी विथ अ प्रपोज, पिपुल्स च्वाइस, मल्टिमिडिया, जजको च्वाइस लगायतका अन्य विभिन्न प्रतियोगिता र चरणहरु छन् । यी बाटोहरुबाट अन्य १७ प्रतियोगी टप ३० मा छनोट हुनेछन् । ती ३० जनाबीच त्यसपछि विभिन्न प्रतिस्पर्धा गराइनेछ जसबाट टप १२ सुन्दरी छानिनेछन् । टप १२ सुन्दरीमध्ये पनि पुनः प्रतिस्पर्धा हुनेछ जसबाट ५ जना अन्तिम चरणको लागि छानिनेछन् । यी ५ सुन्दरीहरुबीच अन्तिममा प्रश्नोत्तर हुनेछ यो प्रश्नको जवाफको मूल्यांकनको आधारमा मिस वल्र्ड २०१८ छानिनेछ ।
पुरा वास्तविकताको जानकारीको लागी यो भिडियो हेर्नुहोस…
No ads found for this position


डिसी नेपाल
Facebook Comment