मिस वल्र्डको ‘हेड टु हेड च्यालेन्ज’बाट टप ३० मा परिनन् श्रृंखला खतिवडा (भिडियोसहित)

डिसी नेपाल
१५ मंसिर २०७५ १७:३०

एजेन्सी । चीनको सान्यामा जारी मिस वल्र्ड प्रतियोगिता २०१८ को ‘हेड टु हेड च्यालेन्ज’ राउण्डबाट छानिएका १० जनामा नेपालकी प्रतिस्पर्धी श्रृंखला खतिवडा परिनन्।

शुक्रबार बेलुका भोटिङका आधारमा ‘हेड टु हेड च्यालेन्ज’का २० समूहका समूह विजेता छानिँदा नेपालकी प्रतिस्पर्धी खतिवडा छानिएकि थिइन् । ‘हेड टु हेड च्यालेन्ज’ राउण्डको आजको प्रतियोगिताबाट २० बाट १० जना बाहिरिएका छन् ।

टप ३० मा यसअघि जापान, फ्रान्स र अमेरिका मात्र पुगेका छन् । फ्रान्स टप मोडल प्रतियोगिताको विजेता भएर, जापान ट्यालेन्ट राउण्डको विजेता भएर र अमेरिका स्पोर्टस राउण्डको विजेता भएर टप ३० मा पुगेका हुन् । हेड टु हेडको फाइनल आज भएको हो । फाइलन पछि १० जना यो च्यालेन्जबाट पूरै प्रतियोगिताको टप ३० मा पुगेका छन्।

हेर्नुहोस् आज को को छानिए र टप ३० मा पर्नसकेनन् । तलको भिडियो


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *