प्रियंकालाई सासूको यस्तो बहुमूल्य उपहार

डिसी नेपाल
१७ मंसिर २०७५ ७:३३

एजेन्सी। प्रियंका चोपडा र निक जोनास अब औपचारिक रुपमै पति–पत्नी भएका छन्। दुवैले १ डिसेम्बरमा जोधपुरको उमैद भवनमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेका छन्। विवाहपछि प्रियंकाकी सासू डेनिस जोनासले उनलाई बहुमूल्य उपहार दिएकी छन्।

भारतीय संचारमाध्यमका अनुसार प्रियंकाकी सासू डेनिस र जोनास परिवारले घरकी दोस्री बुहारीलाई भव्य स्वागत पनि गरेका थिए।

डेनिसले आफ्नी बुहारी प्रियंकालाई राम्रो इयररिंग दिएकी छन्। यो इयररिंगको मूल्य ७९ हजार पाँच सय डलर पर्ने बताइएको छ। यो रिङमा ६.७ क्यारेटका १७० स्टोन जडान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *