रूँदा-रूँदा सुनिए श्रृङ्खलाका आँखा, आयो नेपालको लागी यस्तो सन्देस (भिडीयो सहित)

डिसी नेपाल
१८ मंसिर २०७५ ३:०९

काठमाडौं। मल्टिमिडिया अवार्ड जित्त्दै नेपाल मिस वर्ल्डको टप ३० मा प्रवेश गरेको छ। श्रृङ्खला खतिवडा सोमबार भएको मल्टिमिडिया अवार्ड जित्तदै मिस वर्ल्डको आफ्नो यात्रा एक कदम अगाडि बढाएकी छिन। मिस वर्ल्डको ताजको दाबेदार मानीएकी श्रृङ्खला हेड टु हेड च्यालेन्जमा मिस सिंगापुरसँग पराजित भएपछि निरास भएका नेपाली तथा उनका फलोवर्समा पुन उत्साह थपिएको छ ।

टप ३० मा प्रवेश गरेकी श्रृङ्खलाले उत्साहित हुँदै उनले भिडियो मार्फत आफ्नो खुसी साटेकी छन्। हर्सले रूँदा उनका आँखा सुनिए जस्तो देखिन्छन। उनले तयार पारेको भिडियोले मल्टिमिडिया अवार्ड जित्यो र उनी टप ३० मा पुगिन्। मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टोरिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए।

श्रृङ्खलाले अन्तिम ३० मा स्थान सुरक्षित गरेपछि नेपालको लागि खुसीको खबर भन्दै समाजिक सञ्जालमा उनलाइ बधाइ दिनेको होड चलेको छ। यसअघि श्रृङ्खला हेड टु हेड च्यालेन्जमा सिंगापुरसँग पराजित भएकी थिइन्।

यस्तो छ टप ३० मा परेपछि श्रृङ्खलाले पठाएको भिडियो सन्देशः


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *