मिस वल्र्ड फाइनल : ‘टप-१२’ मा श्रृंखला खतिवडा (लाइभसहित)

डिसी नेपाल
२२ मंसिर २०७५ १३:२४

काठमाडौं । चीनमा भइरहेको मिस वर्ल्ड २०१८ अन्तरगत फाइनल राउण्डको टप-१२ मा नेपालकी सुन्दरी श्रृंखला खतिवडा छानिएकी छन्।

चीनको आयोजनामा सान्यामा भइरहेको मिस वर्ल्ड २०१८ को फाइनल राउण्ड अन्त्र्तगत टप १२ को टुगों अहिले केहि बेरमा टुगों लाग्ने छ।

टप ३० प्रतियोगी मध्ये मिस वल्र्ड का लागि १२ सुन्दरी छानिने छन् । ११८ देशका प्रतियोगीमध्येबाट छानिएर फाइनल पुगेका ३० प्रतियोगीहरु मध्येपनि टप १२ को टुगों लाग्ने छ।

टप १२ मा छानिए सँगै श्रृंखलाले सबैलाई धन्यावाद दिएकि छन् । प्रतियोगिताको नतिजा आजै सार्वजनिक हुनेछ। एक जनाले विश्व सुन्दरीको ताज पहिरिने छन् । हेर्नुहोस् लाइभ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *