यो निर्णायक प्रश्न र त्यसको जवाफ जसले मेक्सिकोकी भानेसालाई बनायो ‘मिस वर्ल्ड २०१८’
काठमाडौं। मेक्सिकोकी सुन्दरी भेनिसा पन्स डि लियोनले मिस वर्ल्ड २०१८ को उपाधि जितेकी छिन् । मिस वर्ल्डको फाइनल चीनको सान्या शहरमा भएको थियो । लियोनले ११८ प्रतियोगीलाई उछिन्दै उपाधि आफ्नो नाममा पारेकी हुन् । अन्तिम प्रश्नको निकै दमदार जवाफ दिएर उनले यो उपाधि आफ्नो नाममा पारेकी हुन् ।
भेनिसा ७ मार्च १९९२ मा जन्मिएकी हुन् । २६ वर्षीया यी सुन्दरी पेशाले पूर्णकालीन मोडल हुन् । उनी प्रथम मेक्सिकन हुन् जसको शिरमा यो ताज सजियो अर्थात उनीभन्दा पहिले कुनै पनि मेक्सिकन सुन्दरीले मिस वर्ल्रडको उपाधि जितेका थिएनन् । मिस वर्ल्ड उपाधिको लागि भेनिसालाई एउटा प्रश्न सोधिएको थियो ‘मिस वर्ल्डको रुपमा अरुको मद्दत गर्नको लागि तपाइँ आफ्नो यो उपाधिको प्रयोग कसरी गर्नुहुन्छ ?’ यही प्रश्नको जवाफले भेनिसालाई मिस वर्ल्डको उपाधि दिलायो ।
भेनिसाले भनिन् ‘मिस वर्ल्डको उपाधि जितेपछि मैले यो उपाधिको प्रयोग त्यसैगरी गर्नेछु जसरी विगत ३ वर्षदेखि गरिरहेकी छु । मेरो हिसाबमा संसारमा सबैले अरुको ख्याल गर्ने, मायालु र दयालु हुनुपर्छ ताकि हामी संसारमा राम्रो हुनुको उदाहरण बन्न सकौं । कसैलाई मद्दत गर्नु त्यति कठिन छैन । तपाइँ बस् न्यहाँसम्म पुग्नुपर्छ र सधैं कोही न कोही यस्तो हुन्छ जसलाई तपाइँको आवश्यकता हुनेछ । त्यसैले मानिसहरुको मद्दत गर्नुहोस्, जति तपाइँ गर्न सक्नुहुन्छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment