युजरले गरे अभिषेक–ऐश्वर्यामाथि गालीको वर्षा, छोरीका अगाडि लाज लाग्दैन ?
मुकेश अम्बानीकी छोरी इशाको संगीत सेरेमनीको केही भिडियो सार्वजनिक भएको छ। जसमा ऐश्वर्या रायले निकै खुलेर डान्स गरेको देख्न सकिन्छ। स्टेजमा ‘इशक नेता तडपावे’ गीत बजेपछि डान्स गर्दै गरेकी ऐश्वर्याले दीपिकालाई पनि तानेर स्टेजमा ल्याइन अनि सबै जनाले खुलेर डान्स गरे।
यो भिडियोमा मुकेश अम्बानीकी पत्नी नीता अम्बानीलाई पनि देखिएको छ। ऐश्वर्या दीपिकासँग मात्रै होइन, रणवीर सिंहसँग पनि डान्स गरिरहेकी छन्।
एक अर्को भिडियोमा ऐश्वर्या र अभिषेकले डान्स गरेका छन्। दुवै जना निकै खुलेर डान्स गरिहेका छन्। यो भिडियोमा दीपिका पनि पति रणवीरसँग डान्स गरिरहेकी छन्।
तर सामाजिक संजाल प्रयोगकर्ताले ऐश्वर्या र अभिषेकको डान्सप्रति नकरात्मक टिप्पणी गरेका छन्। एक युजरले लेखेका छन्–अभिषेकलाई कसरी डान्स गरिन्छ भन्ने पनि थाहा रहेनछ।’
अन्य एक युजरले कमेन्ट गरेका छन्–ध्यान पूर्वक हेर्नुस्! आराध्य (छोरी) का अगाडि लाजै नमानी नाचे ऐश–अभि। घरमा गएपछि छोरीले भनिन् आजसम्म आमा बुवालाई यस्तो अवस्थामा देखेको थिएन।’ इशा अम्बानीको संगीत संगीत सेरेमोनीमा ऐश–अभिषेशले स्टेटमा परफर्मेन्स दिएका थिए। एजेन्सी
No ads found for this position

डिसी नेपाल
Facebook Comment