रियलको सङर्घषपुर्ण जित ,जितसगैँ तेस्रो स्थानमा उक्लियो

डिसी नेपाल
१ पुष २०७५ ५:४६

स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा रियल मड्रिडले जित निकालेको छ । आफ्नो १५ औं खेल खेलेको रियलले रायो भालेकानोविरुद्ध १–० को जित निकालेको हो ।

रियलले आफ्नै घरेलु मैदानमा भालेकानोलाई पराजित गरेको हो । उसका लागि करिम बेन्जेमा निर्णायक गोल गरे । उनले खेलको १३ औं मिनेटमा गोल गर्दै रियललाई ३ अंक दिलाए ।

यस जितसँगै रियल तेस्रो स्थानमा उक्लिएको छ । यस्तै शीर्ष स्थानमा रहेको बार्सिलोना अंकदूरी पनि छोट्याएको छ । शीर्ष स्थानको बार्सिलोनासँग १५ खेलबाट ३१ अंक रहेको छ भने रियलसँग १५ खेलबाट २९ अंक छ ।

रियलले १६ खेल खेल्दा ९ खेलमा जित २ खेलमा बराबरी र ५ खेलमा पराजय भोगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *