कुनै बेला राम्री देखिन्थ्यो, अहिले तलदेखि माथिसम्म प्लास्टिक मात्रै
एजेन्सी ,आइतबार राति मुम्बईमा स्टार स्क्रीन अवार्डको आयोजना गरिएको थियो। रेड कार्पेटमा बलिउड सेलिब्रेटीहरु आफ्नो अन्दाजमा आएका थिए। रेड कार्पेटमा फिल्म ‘गोल्ड’ मा अक्षय कुमारसँग काम गरेकी अभिनेत्री मौनी राय पनि उपस्थित थिइन्। सो अवसरमा मौनी बोल्ड ह्वाइट–सिल्भर गाउनमा उपस्थित भएकी थिइन्। उनको ओभरलुकलाई देखेपछि सामाजिक संजालमा भद्दा कमेन्ट आएका छन्।
एक युजरले कमेन्ट गर्दै लेखेका छन्– मौनीको अनुहारमा माहुरीले टोकेजस्तो छ।’ अर्का एक जना युजरले लेखेका छन्–प्लास्टिक सर्जरी बिग्रिएको जस्तो छ।’ मौनीले आफ्नो फिल्मी करियरको सुरुवात अभिषेक बच्चनसँग गरेकी थिइन्। २००४ मा रिलीज भएको फिल्म ‘रन’मा मौनीले अभिषेकसँग सानो भूमिका निर्वाह गरेकी थिइन्।
मौनीले २००७ मा ‘क्योंकि सास भी कभी बहू थी’ बाट सानो पर्दामा डेब्यू गरेकी थिइन्। पछि उनले जरा नचके दिखा, कस्तुरी, पति पत्नी औ वो, दो सहेलियां, फिर कोई हैं, देवो के देव महादेव, जुनुन ऐसी नफरत को कैसा इश्क जस्ता टेलिभिजन शोमा काम गरेकी थिइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment