पती गे भए पछी सम्बन्ध टुट्यो, मन्दाना करीमीको यस्तो रहस्य
एजेन्सी। ‘बिग बोस–९’ प्रतिश्पर्धी तथा टेलिभिजन शो ‘इशकबाज’ की नायिका मन्दाना करीमी आफ्नो ट्रान्सफर्मेशनलाई लिएर चर्चामा छिन्। मन्दानाले सामाजिक संजालमा आफ्नो एक देन एण्ड नाओ फोटो शेयर गरेकी छन्, जुन फोटोमा उनी किनै परिवर्तन भएको देखिएको छ। मन्दानाले आफ्नो एउटा १६ वर्ष पुराना फोटोबाट नयाँ लुकसँग तुलना गरेकी छन्।
पुरानो फोटोमा मन्दाना बुर्का लगाएको एक टिपिकल लुकमा देखिएकी छन् भने नयाँ फोटोमा उनी बिकिनी लगाएर बोल्ड रुपमा देखिएकी छन्। मन्दानाले लेखेकी छन्–मैले १५ वर्षमा धेरै लामो बाटो तय गरेकी रहेछु भन्दा गलत हुँदैन। 
मैले स्कुलिङपछि इरान छोडेँ र म आफ्नो सपना पूरा गर्न लागे। पूरै एसिया घुमेपछि अन्तिममा म इण्डिया आएँ, जसलाई म आफ्नो घर मान्छु। भगवानको कृपा र मेरो कडा मेहनतका कारण मैले फिल्ममा काम गर्न पाएँ। म सबैलाई के भन्न चाहन्छु भने कडा मेहनत र दृढ इच्छाशक्तिबाट के पन िकुरा नजिकै आउँछ। आफूमाथिको विश्वासलाई कहिल्यै पनि हराउन नदिनुस्। केवल आफ्नो समनाकालागि लड्नुस्।’
मन्दाना करीमी आफ्नो निजी जीवनका कारण निकै चर्चामा रहन्छिन्। मन्दानाले दोस्रो विवाहको पाँच महिनापछि दोस्रो श्रीमान गौरव गुप्ता विरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन्।
मन्दानाले २५ फेब्रुअरी २०१७ मा व्यापारी गौरव गुप्तासँग विवाह गरेकी थिइन्। मन्दानाले गौरवमाथि धर्म परिवर्तन गर्न दवाब दिएको आरोप लगाएकी थिइन्। उनले गौरवले आफूलाई हिन्दू बनाउन चाहेको आरोप लगाएकी थिइन्। साथै गौरवले आफूलाई अभियनबाट बाढा हुन दवाब दिएको आरोप पनि लगाएकी थिइन्।
दिल्लीका व्यपारी गौरवसँग दोस्रो विवाह गर्नुपूर्व मन्दानाले १८ फेब्रुअरी, २०११ मा ललित तेहलानसँग पहिलो विवाह गरेकी थिइन्। यद्यपी यो कुरालाई मन्दानाले खण्डन गर्दै आएकी थिइन्, उनको विवाह दर्ता गरेको प्रमाणपत्र मिडियामा लिक भएको थियो।
मिडियो रिपोर्टसका अनुसार ललित तेहलान ‘गे’ हुन्। उनको रिलेशनशीप फेशन डिजाइनर रोहित बलसँग थियो। ललित र रोहितलाई धेरै पटक इन्मिेट हुँदै गरेको अवस्थामा फेला पनि पारिएको थियो।
२०११ मा रोहितसँग ब्रेकअपपछि मन्दानासँग गोप्य विवाह गरेका थिए। कतिपयले त के पनि भनेका छन् भने मन्दानाले पहिलो विवाह नागरिकता पाउनकालागि गरेकी थिइन। पछि यो जोडी अलग भयो। १९ मार्च, १९८८ मा तेहरानमा जन्मिएकी मन्दानाले आफ्नो करियरको सुरुवात एयरहोस्टेजका रुपमा गरेकी थिइन्। पछि उनले मोडलिङमा कदम बढाइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment