तस्वीरमा हेर्नुहोस ‘कुम जोडी नाचौंला’ गीतको भिडियोमा अभिनय गरेकी मोडल एन्जल श्रेष्ठ

डिसी नेपाल
२० पुष २०७५ ६:५३

काठमाडौँ । बरिष्ठ कलाकार तथा चलचित्र निर्देशक शिशीर राणाको निर्देशनमा गायक रेग्मीको कुम जोडी नाचौंला गीतको भिडियो ललितपुरको भैंसेपाटीमा छायांकन गरिएको हो ।

हाल अमेरिकामा रहँदै आएका सञ्चारकर्मी तथा गायक किसन रेग्मीको कुम जोडी गीत कलाकार तथा निर्देशक राणाले निर्देशन गरेको पहिलो म्युजिक भिडियो हो । जसमा निकोलस अर्याल र एन्जल श्रेष्ठको अभिनय रहेको छ ।

शिव शर्मा चञ्चलको शब्द र एस डि योगीको संगीत रहेको यस गीत अमेरिकाको ए एच एस रेकडिङ स्टुडियोे टेक्सासमा रेकर्डिङ गरिएको हो ।
अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक समेत रहेका किशन रेग्मीको यस अघिको कान्छी हे कान्छी गीतलाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका गायक किशन रेग्मी दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुन् ।

गायक रेग्मीका अनुसार छायांंकन गरिएको उनको पछिल्लो गीत कुम जोडी नाचौंला डान्सीङ बिटको गीत हो, जसको म्युजिक भिडियो चाँडै नै युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक हुँदैछ । युगल गीत कुम जोडी नाचौंला गीतमा किशन रेग्मी संगै रेश्मा केसीको पनि स्वर रहेको छ ।

शिशिर राना ति कलाकार हुन् जसले मर्ने कसैलाई रहर हुँदैन, ई आँखामा तिमी छौ, लाईदिम् लाईदिम् भछ, जस्ता चर्चित गीतका बाल गायक प्रेम परियारलाई काठमाडौं ल्याएर सांगीतिक भविश्यका लागि सहयोग गरेका थिए । नेपाली चलचित्र क्षेत्रमा लामो समय देखी अव्वल चलचित्रकर्मी तथा कलाकारको छवि बनाएका निर्देशक राणाका नोवेम्बर रेन, रामकाहानी, कायरा लगायका चलचित्रमा गरेको अभिनयलाई दर्शकले पछिल्लो समय अत्याधिक मन पराएका छन् । पहिलो पटक कुम जोडी नाचौंला गीतको निर्देशन गरेका राणाले यो गीत आजका स्रोतालाई ध्यानमा राखी मौलिक नेपाली भाषामा निर्माण भएको राम्रो गीत भएकाले आफुलाई गीत मन परेर निर्देशन गरेको बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *