उपराष्ट्रपति सवारीमा सडक जामदेखि प्रधानमन्त्रीको विदाइ दृश्य (भिडियो)

डिसी नेपाल
१२ जेठ २०७६ ८:१९

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन एकसाता लामो भ्रमणका लागि आइतबार अष्ट्रिया प्रस्थान गरेका छन्। भिआइपी सवारीका कारण सडकमा हुने जाम उनको यो भ्रमणका क्रममा पनि उस्तै देखियो। दुइ तर्फी जाम हुँदा यात्रुले सास्ति भोग्नु परेको थियो

कार्यालय समय परेका कारण स्कुल हिडेका विद्यार्थी देखि कार्यालय हिडेकाहरू जामको सास्तिमा परे। सवारीका कारण केशरमहल, संग्रहालय गेट, जयनेपाल, कृष्ण पाउरोटी, कमलपोखरी, लोत्से चोक, ज्ञानेश्वर, रातोपुल, गौशाला चोक, तिलगंगा, एयरपोर्ट गेट हुँदै चल्ने सवारी साधनहरु दुईतर्फी रुपमा रोकिएका थिए।

उपराष्ट्रपतिको विदाइका लागि प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका थिए। अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान ड बेलनको निमन्त्रणामा उपराष्ट्रपति पुन जलवायुसम्बन्धी आर २० विश्व शिखर सम्मेलनमा सहभागी हुन अष्ट्रिया प्रस्थान गरेका हुन्।

सम्मेलनमा उपराष्ट्रपति पुनको ‘राइजिङ एम्विसन एक्सन फर क्लाइमेट’को पहिलो छलफल सत्र ‘क्लाइमेट लिडरसीप’मा सम्बोधन गर्ने कार्यक्रम छ । यो छलफल सत्रमा उपराष्ट्रपति पुनसँगै विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुँदैछन्र।

सम्मेलनमा अमेरिकी अन्तरिक्षयात्री स्कट केली पनि समावेश हुनेछन्। उनले अन्तरिक्षबाट देखिने दृश्यको प्रत्यक्ष जानकारी दिनेछन्।

हेर्नुस् सवारीको यो दृश्यः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *