इंग्ल्याण्डलाई हराउँदै नेदरल्याण्ड फाईनलमा, उपाधिका लागि पोर्चुगलसँग प्रतिस्पर्धा गर्ने

डिसी नेपाल
२४ जेठ २०७६ ३:२५

एजेन्सी । इंग्ल्याण्डलाई हराउँदै नेदरल्याण्ड नेसन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको दोस्रो सेमिफाईनलको खेलमा डच टिमले ईङलिस टिमलाई ३–१ गोल अन्तरले हराएको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा नेदरल्याण्डले गोल गर्दै फाईनलमा प्रवेश गरेको हो। डच टिमले अब उपाधिका लागि पोर्चुगलसंग प्रतिस्पर्धा गर्नेछ । ईङ्ल्याण्डले तेस्रो स्थानका लागि स्विटजरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।

खेलको ३२ औं मिनेटमा मार्कोस रासफोर्डको गोलबाट ईङ्ल्याण्डले खेलमा अग्रता लिएको थियो । डि लिटले ७३ औं मिनेटमा गोल गर्दै नेदरल्याण्डलाई खेलमा फर्काएका थिए ।

९७ औं मिनेटमा वाल्करको आत्मघाति गोलमा डच टिमले खेलमा अग्रता बनाएको थियो । थपिएको अतिरिक्त समयको १४ औ मिनेटमा प्रोमिसले गोल गर्दै नेदरल्याण्डलाई प्रतियोगिताको फाईनल यात्रा तय गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *