विश्वकप क्रिकेटः दोस्रो जितको खोजिमा आज पाकिस्तान र श्रीलंका भिड्दै

डिसी नेपाल
२४ जेठ २०७६ ५:२८

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । काउन्टी ग्राउण्ड ब्रिस्टलमा हुने एक मात्र खेलमा दुई एसियाली राष्ट्र पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुने खेलमा दुवै टोली आफ्नो दोस्रो जितको खोजिमा हुनेछन्। श्रीलंका पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो। यस्तै पहिलो खेलमा वेष्ट इण्डिजसँग पराजित पाकिस्तानले दोस्रो खेलमा इंग्ल्याण्डलाई हराएको थियो । इंग्ल्याण्डमाथिको जितले हौसिएको पाकिस्तान श्रीलंकालाई पराजित गर्न चाहन्छ ।

दुई टोलीबीचको अघिल्लो नतिजा पाकिस्तानको पक्षमा रहेको छ । पछिल्लो ५ भेटमा पाकिस्तानले ५ ओटामा नै जित निकालेको छ । यस्तो हुन् सक्छ आजको प्लेइंग ११ः

पाकिस्तानः

ईमाम उल हक, फखर जमान, बाबर आजाम, शोयब मलिक, मोहम्मद हफिज, सरफराज अहमद (कप्तान÷ विकेटकिपर), इमाद वासिम, शादाब खान, हसन अली, वहाव रियाज र मोहम्मद अमिर।

श्रीलंकाः

दिमुथ करुणारत्ने (कप्तान), लाहिरु थिरिमाने, कुसल परेरा (विकेटकिपर), कुसल मेण्डिस, एन्जेलो मैथ्युज, धनन्जय डी सिल्भा, थिसारा परेरा, जीवन मेण्डिस, नुवान प्रदिप, सुरंगा लकमल र लसिथ मलिंगा।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *