इजरायलमाथि पोल्याण्डको शानदार जित

डिसी नेपाल
२८ जेठ २०७६ १२:०८

एजेन्सी । युरोकप छनोट प्रतियोगिता अन्तर्गत समूह जीमा पोल्याण्डले शतप्रतिशत जित निकालेको छ । सोमबार भएको खेलमा पोल्याण्डले इजरायललाई ४–० ले हरायो ।

यो जितसँगै पोल्याण्ड समूह जीको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार खेलबाट १२ अंक बनाएको छ । पोल्याण्डको वर्सामा भएको खेलको ३५ औं मिनेटमा घरेलु टोलीले अग्रता लियो । उसका लागि क्रिष्टोफ पियाटेकले गोल गरेका थिए ।

पहिलो हाफमा सोही गोलको अग्रता कायम राखेको पोल्याण्डले ५६औं मिनेटमा पेनाल्टी पायो । पेनाल्टीलाई रोबर्ट लेवान्दोस्कीले गोलमा परिणत गर्दै पोल्याण्डको अग्रता २–० मा लम्ब्याए । त्यसको दुई मिनेटपछि कामिल ग्रोसिकीले गोल गर्दै पोल्याण्डको अग्रता ३–० मा पुर्‍याए । ८४औं मिनेटमा दमिन कात्जोरले गोल गरेपछि पोल्याण्डले ४–० को जित निकालेको हो ।

यूरो कप छनोट अन्तर्गत सोमबार राति चेक रिपब्लिकले मोन्टेनेग्रोलाई ३–० ले हरायो भने कोसोभोले बुल्गेरियालाई ३–२ ले पराजित ग¥यो । यस्तै युक्रेनले लग्जम्बर्गलाई १–० ले हरायो भने सर्वियाले लिथ्वानियामाथि ४–१ को जित निकाल्यो ।

आयरल्याण्ड रिपब्लिक जिब्राल्टरलाई २–० ले हराउँदै समूह डीको शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा डेनमार्कले जर्जियालाई ५–१ ले हराएपछि समूुहको दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *