‘युवराजले ६ बलमा ६ छक्का लगाएर मलाई बलर बनाइदिए’

डिसी नेपाल
२८ जेठ २०७६ १२:०९

एजेन्सी । जब पहिलो वर्ल्ड टी–ट्वान्टीको कुरा हुन्छ, तब युवराज सिंह र स्टुअर्ट ब्रोडको नाम पनि जोडिने गर्छ। यही विश्वपकमा युवराज सिंहले स्टुअर्ट ब्रोडको ६ बलमा ६ छक्का लगाएका थिए। उक्त ६ छक्काको कारण आफूँ राम्रो बलर बन्न सकको ब्रोडले बताएका थिए।

ईएसपीएन क्रिकइन्फोमा दिएको अन्तर्वातामा ब्रोडले भनेका थिए, ‘युवराजले मेरो ओभरमा ६ बलमा ६ छक्का लगाएर मलाई बलर बनाइदिए।’ ‘जुन समय युवराजले मलाई ६ छक्का लगाएका थिए त्यो समय मात्र म १९ वर्षको थिए,’ उनले भने। ‘मलाई डेथ ओभरमा बलिङ गर्ने अनुभव थिएन्। त्यो म्याचमा युवराज राम्रो फर्ममा थिए र राम्रोसँग हानिरहेका थिए। त्यो दिन स्लोअर–योर्कर कुनै पनि डेलिभरीले मलाई साथ दिएको थिएन्।’

भारतीय क्रिकेटर युवराजसिंहले हिजो पत्रकार सम्मेलन गरेर अन्तर्राष्ट्रिय तथा आईपीएल क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। उक्त घोषणा लगत्तै स्टुअर्ट ब्रोडले ट्वीट गरेका थिए। उनले लेखेका छन्, ‘इन्जोय रिटायर्मेन्ट लेजेन्ड’। उक्त ट्वीटको युवराजले पनि जवाफ दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *