विश्वकप क्रिकेटः आज बंगलादेश र श्रीलंकाबिच खेल हुने, पानी पर्न सक्ने सम्भावना

डिसी नेपाल
२८ जेठ २०७६ १२:१०

एजेन्सी । विश्वकप क्रिकेटअन्तर्गत आज हुने खेलमा दुई दक्षिण एसियाली टिम आमने सामने हुनेछन्। नेपाली समयअनुसार दिउसो ३ः१५ बजे सुरु हुने खेलमा बंगलादेश र श्रीलंका मैदानमा उत्रनेछन्।

ब्रिस्टलस्थित काउण्टी ग्राउण्डमा हुने खेलमा दुवै टोली जितको खोजिमा हुनेछन्। अहिले सम्म ३÷३ खेल खेलेका दुवै टोलीले १÷१ खेलमा मात्र जित हासिल गरेका छन्। पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको श्रीलंकाले दोस्रो खेलमा अफ्गानिस्तानलाई पराजित गरको थियो। यस्तै पाकिस्तानसँगको तेस्रो खेलमा बर्षाको कारण खेल हुन सकेको थिएन र दुवै टालीले अंक बाँडेका थिए।

यसैगरी बंगलादेशले पहिलो खलेमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो भने त्यसयता जित निकाल्न सकेको छैन्। दोस्रो खेलमा न्युजिल्याण्डसँग पराजित भएको बंगलादेश तेस्रो खेलमा इंग्ल्याण्डसँग पराजित भएको थियो। जारी विश्वकपमा बंगलादेश लयमा देखिएको छ भने श्रीलंकाको प्रदर्शन त्यति सन्तोषजनक देखिएको छैन्।

तर यी दुई टोलीबिच भएको पछिल्लो पाँच खेलको नतिजालाई हेर्ने हो भने बंगलादेशमाथि श्रीलंका हावी भएको छ। आज श्रीलंकालाई भने ठुलै झड्का लाग्नेछ। श्रीलंकाका फास्ट बलर तथा अफ्गानिस्तानसँगको खेलमा ‘म्यान अफ द म्याच’ भएका नुवान प्रदिप टिममा उपलब्ध हुने छैनन्। उनको हातमा चोट लागेका कारण आजको खेल गुमाउने भएका हुन्। यस्तै टिमका सबैभन्दा अनुभवी खेलाडी एन्जेलो मैथ्यूजको पनि प्रदर्शन त्यति राम्रो रहेको छैन्।

यस्तै आज मौसमको कारण पनि खेलमा समस्या उत्पन्न हुन सक्ने सम्भावना रहको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *