विश्वकपमा भारतलाई झड्का, शिखर धवन टीमबाट आउट

डिसी नेपाल
२८ जेठ २०७६ १२:११

कठमाडौं । विश्व विजेता बन्ने लक्ष्यका साथ एक दिवशीय क्रिकेट प्रतियोगिता खेल्न इंग्ल्याण्ड गएको भारतीय टोलीका लागि दुःखद समाचार छ ।

अस्ट्रेलिया विरुद्धको खेलमा शतक प्रहार गरी उत्कृष्ट प्रदर्शन गरेका शिखर धवन तीन हप्ताका लागि टीमबाट आउट भएका छन् । उनको देब्रे हातको औंलामा चोट लागेपछि उनी टीमबाट बाहिर बस्नुपर्ने भएको भारतीय संचारमाध्यमरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार धवनले अब तीन हप्ता कुनै पनि म्याच खेल्न सक्ने छैनन् । भारतले पर्सि १३ जुनमा न्युजिल्याण्ड र १६ जुनमा पाकिस्तानविरुद्ध खेल्दैछ ।

आइतबार अस्ट्रेलियाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका ब्याट्सम्यान धवन अस्ट्रेलियाका बलर नाथन कोल्टर नाइलले प्रहार गरेको बलबाट चोटग्रस्त बनेका थिए । तर सो खेलमा उनले दुखाईको प्रवाह नगरी १०९ बलमा ११७ रनको उत्कृष्ट पारी खेलेका थिए ।

उक्त चोटपछि धवन फिल्डिङमा उत्रिन सकेका थिएनन् । उनको ठाउँमा रविन्द्र जडेजाले पुरै ओभर फिल्डिङ गर्नुपरेको थियो ।

औंलामा चोट लागेर धवन मैदान उत्रिन नपाउने भएपछि उनको ठाउँमा केएल राहुलले खेल्न सक्ने ठानिएको छ । धवन पुरै ठिक हुन नसके श्रेयर अय्यर वा ऋषभ पन्त टिममा सहभागी हुन सक्ने पनि अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *