पाकिस्तानी कप्तान सरफराजको आरोप–‘आइसिसीले भारतीय टोलीलाई अनुकुल हुनेगरी पिच बनायो’

डिसी नेपाल
३१ जेठ २०७६ ४:४६

एजेन्सी । जारी विश्वकपमा भारत र पाकिस्तानबीच आइतबार पहिलो खेल हुदैंछ। तर खेल अगाडि पाकिस्तानका कप्तान सरफराज अहमदले पिचको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। उनले आइसिसीले  भारतीय टोलीलाई अनुकुल हुनेगरी पिच बनाएको आरोप लगाएका छन्।

उनले अस्ट्रेलियासँग भएको खेलमा पनि पिचप्रति असन्तुष्टि जनाएका थिए। उनले पिच निरिक्षणपछि आफ्नो असन्तुष्टि जनाएका थिए। रिपोर्टका अनुसार सो पिच फास्ट बलरहरूलाई सहयोग मिल्ने किसिमको रहेको बताएका थिए।

आईसिसीले बनाएको पिच उनीहरूको खेल अनुकुल नहुने नभएको आरोप सरफराजले लगाएका छन्। यसैगरी उनले आईसिसीका प्रतियोगिताहरूमा भारतलाई सधैं उनीहरूका ब्याट्स्म्यान तथा स्पिनरहरूलाई सहयोग पुग्ने पिच मिल्ने गरेको पनि आरोप लगाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *