आईफाको हामी विरोधी थिएनौं, तर जनताको कर दुरुपयोग गर्नु हुँदैन् : खड्का

डिसी नेपाल
१८ असार २०७६ १७:१८
काठमाडौँ । चलचित्रकर्मी नवल खड्काले आफूहरुले आईफा अवार्ड नेपालमा हुनै हुँदैन भनेर विरोध नगरेको स्पष्ट पारेका छन्। तर, सरकारले जनताको करलाई दुरुपयोग गर्नेगरि ठूलो धनराशी खर्चिन खोजेकोले विरोध जनाएको उनले स्पष्ट पारे।

अवार्डमा आउने पाहुनाहरुलाई स्थान, सुरक्षा र न्यानो आतिथ्यता दिनुपर्नेमा अरवौं रुपैयाँ खर्चिन खोजेर सरकारले दलालीको पराकाष्ठा नघाएको पनि खड्काको आरोप छ। उनले काठमाडौंको धुलो, हिलो र टा«फिक जाम देखाएर पर्यटन प्रर्वद्धन नहुनेपनि टिप्पणी गरे।

एक कार्यक्रममा बोल्दै खड्काले भने, ‘सम्झौतामा नै नेपाल सरकार उक्त अवार्ड गर्न लालायित भएको भनेर लेखिएकोमा पनि सुनिएको छ। नाकाबन्दी भयो भन्ने नसक्ने सरकार किन यो अवार्ड गर्न लालायित भयो ? हाम्रो प्रश्न छ।’

आईफाको लागि खर्चिन खोजिएको एक अर्व रुपैयाँ खप्तडमा बाटोघाटो बनाउन खर्चिने हो भने पर्यटनको राम्रो विकास हुने पनि उनको धारणा छ।

खड्काले नेपाली कलाकारहरु उपचार नपाएर मरिरहेको अवस्थामा सरकारले वास्ता पनि नगरेको तर भारतीय कलाकारहरुसँग सेल्फी खिचाउन र उनीहरुको अगाडि भाषण गर्न अरवौं रकम खर्चिन खोज्नु गलत भएको सुनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *