ग्यारेथ बेलद्वारा चिनियाँ क्लबको बम्पर अफर अस्वीकार !

डिसी नेपाल
२६ असार २०७६ ११:०५

काठमाडौं । रियल म्याड्रिडका स्ट्राइकर ग्यारेथ बेलले चिनियाँ क्लबबाट आएको बम्पर अफरलाई अश्विकार गरेका छन् । रियल म्याड्रिडमा राम्रो खेल्न नसकेको आरोप खेपिरहेका बेलले चाइनिज सुपर लिग खेल्न आएको करिब १.२ मिलियन पाउण्ड प्रति साताको अफर अश्विकार गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

बेललाई अहिले उनले रियल म्याड्रिडमा पाउदै आएको पारिश्रमिकको लगभग केयौ गुना बढी अफर गरिएको थियो । तर बेलले सो अफर अश्विकार गर्दै म्याड्रिड नछोड्ने निर्णय गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

रियल म्याड्रिडमा प्रशिक्षकको रुपमा फर्किएका जिनेदिन जिदानसँग कुरा नमिलेको भनिरहेका बेला बेलले बम्पर अफर छोडेर रियल बस्ने निर्णय गरेका छन् । जिदान फर्किए पछि रियलको नयाँ टिममा उनले बेललाई खासै महत्व दिएका छैनन् । यस सिजनको अन्त्यमा रियलले खेलेका तीन खेलमा बेल फिट हुदा पनि प्लेइङ ११ मा परेका थिएनन् ।

धेरै जसो इन्जुरीका कारण बाहिर रहेका बेलले अहिले रियल म्याड्रिडमा प्रति साता सवा ३ लाख डलर पारिश्रमिक पाउने गर्दछन् । रियलमा कडा आलोचना बेहोरिरहेका बेललाई आउदो सिजनको परी(सिजन प्रशिक्षण सुरु गर्न जादा रियलकै फ्यानले दुर्ब्यबहार समेत गरेका थिए ।

बेलले गत सिजनमा खेलेका कुल ४२ खेलमा केबल १४ गोल गरेका छन् । बेलले रियलमा अहिलेसम्म ६ सिजन खेल्दै २३१ खेलमा १०२ गोल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *