नेपाल भर्सेस मलेसिया (लाइभ)
काठमाडौं । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार मलेसियासँग खेल्दै छ।
क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको छ। मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले घरेलु टोलीसँग दुई टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खला खेल्नेछ । अर्को खेल नेपालले आइतबार खेल्नेछ । टी– ट्वान्टी सिरिज सकिएपछि नेपाली टोली त्यतैबाट सिङ्गापुर प्रस्थान गर्नेछ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment