कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ
धादिङ । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन्।
जिल्लाको साविकको आगिञ्चोक गाविस ६ स्थितमा विवाहमा गएका जिल्ला गोरखा कान्द्राङ गाविस वडा नं १ बस्ने वर्ष ६४ को लिलामान परियारलाई विवाहमा गएका जिल्ला धादिङ सल्यानटार गाविस ८ हाल त्रिपुरासुन्दरी गापा २ बस्ने गोजे परियारको छोरा वर्ष २४ को मदन परियारले कुटपिट गरी हत्या गरेका थिए।
कर्तव्य ज्यान मुद्दामा वारदात पश्चारत फरार रहेका मदन परियारलाई सोमबार काठमाडौं महानगरपालिका १७ ढल्कु स्थितबाट पक्राउ गरी यस जिल्ला प्रहरी कार्यालयबाट कर्तव्य ज्यान मुद्दामा सम्मानित धादिङ जिल्ला अदालत समक्ष म्याद अनुमतिका लागि पेश गरिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment