प्रधानमन्त्रीले लिए राष्ट्रिय परिचयपत्र (फोटोफिचर)

डिसी नेपाल
१५ साउन २०७६ १३:१७

काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा महानिर्देशक काफ्लेले प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरेका हुन्।

गृहमन्त्री रामबहादुर थापाले गत मंसिर ३ गते पाँचथरको फिदिम नगरपालिका– शान्तिपुरकी १०१ वर्षीया भगवती भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरणको सुरुवात गरेका थिए।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय परिचय पत्र वितरणले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई भेट्न सजिलो हुने बताए।
सोअवसरमा महानिर्देशक काफ्लेले पाँचथरमा हालसम्म ८० हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसकेको जानकारी दिए।

उनले सात हजार निजामती कर्मचारीलाईपनि परिचयपत्र वितरण गरिसकेको उनको भनाइ थियो। आगामी दुई वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने लक्ष्य लिइएको काफ्लेले जनाए।

साे अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि राष्ट्रिय परिचयपत्र प्रदान गरिएकाे थियाे। तर शाक्यकाे परिचय पत्रमा जन्म मितिमा त्रुटी पाइएपछि फिर्ता गरिएकाे थियाे।




प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीले लिए राष्ट्रिय परिचयपत्र (फोटोफिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *