दिल्लीले ल्यायो अर्का स्पिनर, सन्दीपलाई पहिलो रोजाइमा पर्न झन् गाह्रो

डिसी नेपाल
१५ साउन २०७६ १७:२६

काठमाडौं। आइपिएल टिम दिल्ली क्यापिटल्सले अर्का स्पिनर ल्याएको छ । गत सिजन मुम्बइ इण्डियन्सबाट खेलेका स्पिनर मयंक मार्कण्डेलाई आगामी सिजनका लागि दिल्लीले ल्याएको हो । वेस्ट इन्डिजका अलराउन्डर शेर्फेन रदरफोर्डसँग मुम्बईले मार्कण्डेलाई साटफेर गरेको हो।

२१ वर्षीय मार्कण्डे दिल्ली गएसँगै तीन वर्षे सम्झौताको अन्तिम सिजनमा रहेका नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेलाई पहिलो रोजाइमा पर्न झन् गाह्रो हुनेछ। मार्कण्डेले २०१८ को सिजनमा मुम्बईका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। गत सिजन भने उनले ३ म्याच मात्र खेलेका थिए।

दुई वर्षअघिको सिजनमा उत्कृष्ट खेलेका मार्कण्डे भारतीय भएकाले उसैपनि गत सिजनमा आधा भन्दा बढी खेल्न नपाएका सन्दीपले टिममा पर्न थप प्रतिस्पर्धा गर्नु पर्नेछ। सन्दीपले गत सिजन दिल्लीबाट ६ खेल खेल्दै ८ विकेट लिएका थिए। अब दिल्लीमा नेपालका सन्दीपसँगै मार्कण्डे, अमित मिश्रा र राहुल टेवाटिया गरी चार जना लेगस्पिनर भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *