फिफा वर्ष खेलाडी मनोनयनः रोनाल्डो र मेस्सीले शिर्ष १० मा स्थान बनाउँदा नेइमार अटाएनन्

डिसी नेपाल
१६ साउन २०७६ ६:२७

एजेन्सी । विश्व फुटबल महासंघ (फिफ)ले बुधबार फिफा बर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार सार्वजनिक गरेको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेस्सी अटाए पनि ब्राजिलियन स्थान नेइमारले स्थान बनाउन सकेनन्।

बर्ष खेलाडीमा रोनाल्डो र मेस्सीसंगै डी जोङ फ्रेनकी, म्याथिज डी लिट, ईडेन हजार्ड, ह्यारी केन, साडियो माने, केलियन एम्बाप्पे, मोहमद सलाहा र भर्जिल डिजिक रहेका छन् ।

च्याम्पियन्स लिगमा लिभरपुललाई उपाधि जिताएका माने र सलाहाले बर्ष खेलाडीको मनोनयनमा आफुलाई पार्न सफल भएका छन् । तर म्यानचेष्टर सिटीलाई प्रिमियर लिग जिताएका कुनै खेलाडीले फिफाको शीर्ष १० खेलाडीमा स्थान बनाउन सकेनन् ।वालेन डी ओर पाएका लुका मोड्रिच समेत फिफाको शीर्ष १० खेलाडीको सुचिमा अटाएनन्।

यसैगरी फिफाले बर्ष प्रशिक्षक अवार्डको मनोनयनमा १० प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ । मनोनयनमा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीआ्ला र लिभरपुलका जोर्गेन क्लोप सहित टोट्टनहामका मौरीसियो पोचेटिनो, डज्मेल बेल्माडी, डिडियर डेस्च्याम्प, मार्सेलो गल्लार्डो, रिकार्डो गारेसा, फर्नान्डो सान्तोस र टिटे परेका छन् ।

फिफाले बर्ष खेलाडी र प्रशिक्षकको अवार्डका लागि फिफामा आवद्ध देशका राष्ट्रिय प्रशिक्षक, कप्तान, खेलपत्रकार र विश्वभरका समर्थकबाट मत लिने गर्दछ । मतदान जुलाई ३१ देखि अगष्ट १९ तारिखसम्म हुनेछ । फिफाले सन् २०१९ सेप्टेम्बर २३ तारिखमा विशेष समारोहबीच यस अवार्ड प्रदान गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *