चोटका कारण आर्चरले एसेज सिरिजको पहिलो खेल गुमाउने

डिसी नेपाल
१६ साउन २०७६ ६:५९

एजेन्सी । इंग्ल्याण्डले घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध हुने एसेस सिरिज अन्तर्गत पहिलो टेष्टका लागि सुरुवाती–११ सार्वजनिक गरेको छ । एसेज सिरिज अन्तर्गत बिहिबारबाट सुरु हुने पहिलो टेष्टको लागि इंग्ल्याण्डले बुधबार सुरुवाती ११ सार्वजनिक गरेको हो ।

अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा विश्वकप विजेता टोलीका सदस्य जोफ्रा आर्चर नखेल्ने भएका छन्। उनको चोट पूर्णरुपमा निको नभएकाले पहिलो पटक टेष्ट टिममा परेका आर्चरलाई सुरुवाती–११ मा राखिएको छैन ।

इंग्ल्याण्डको सुरुवाती –११ मा कप्तान रुटसँगै रोरी बुर्न्स, ज्यासन रोय, जोई डेन्ली, बेन स्टोक्स, जोस बट्लर, जोनी बेयरस्टो, क्रिस वोक्स, स्टुवार्ड ब्रोड र जेम्स एन्डरसन रहेका छन् । इंग्ल्याण्डले घरेलु मैदानमा अष्ट्रेलियासँग ५ खेलको टेष्ट सिरिज खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *