लिभरपुल विजयी

डिसी नेपाल
१६ साउन २०७६ ९:०१

एजेन्सी । प्रि–सिजन टूरमा रहेको लिभरपुलले मैत्रीपुर्ण खेलमा लियोनलाई ३–१ गोल अन्तरले हराएको छ। प्रि–सिजनको अन्तिम खेलमा लिभरपुलले सहज जित निकालेको हो।

मेम्फिस डिपेले चौथो मिनेटमा पेनाल्टीमा गोल गर्दै फ्रान्सेली क्लब लियोनलाई अग्रता दिलाएका थिए । तर १७ औं मिनेटमा रोबर्टो फिर्मिन्होले खेल बराबरीमा ल्याए ।

जोचिम एन्डरसनले २१ औं मिनेटमा आत्मघाति गोल गरेपछि लिभरपुल २–१ ले अघि बढेको थियो । ५३ औं मिनेटमा ह्यारी विल्सनले लिभरपुललाई ३–१ को जित दिलाए ।

प्रि–सिजनको अन्तिम खेलमा जित निकालेको लिभरपुलले करिब एक सातापछि म्यानचेष्टर सिटीसँग कम्युनिटी शिल्डमा भिड्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *