नागढुङ्गाबाट १ केजी सुनसहित पेम्वा दिण्डुप तामाङ पक्राउ

डिसी नेपाल
१६ साउन २०७६ १४:२४

काठमाडौं। प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लुकाई छिपाई ल्याएको १ केजी सुनसहित
एक जनालाई पक्राउ गरेको छ।

रसुवा गोसाईकुण्ड गाउँपालिका–५ घर भएका ३२ वर्षीय पेम्वा दिण्डुप तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट संयुक्त रुपमा खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.९ प २७२६ नम्बरको
मोटरसाइकल जाँच गर्ने क्रममा उक्त सुन फेला पारिएको हो।

प्रहरीका अनुसार चालक तामाङले कम्मरमा ४ वटा टुक्रामा सुन लुकाएर राखेका थिए। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *