तेक्वान्दो खेलाडी मलेसिया प्रस्थान
काठामडौं। मित्र राष्ट्र मलेसियाको क्वालालम्पुरमा आयोजना हुने 4th Gewinn Malaysia Open International Taekwondo Championship मा सहभागी हुन ११ सदस्यिय टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेका छ ।
पेमा सिद्धि लामाको नेतृत्वमा मलेसिया जाने टोलीमा खेलाडीतर्फ आयुष ढुङ्गेल (३८ केजी), श्री कृष्ण खड्का (८० केजी), सुमन कुमार लामा (८० केजी माथी), रिमा खत्री (३६ केजी), हेमकला जिरेल (४२ केजी), चन्दु शाही (४६ केजी) रहेका छन् । यस्तै टिम प्रशिक्षकमा गणेश कुमार पाण्डे, ब्यवस्थापकमा केशव कुमार लामा र अन्तर्राष्ट्रिय निर्णायक जित सिंह लामा पनि बिहीबार मलेसिया प्रस्थान गरेका छन् ।
टोलीलाई नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा शुभकामना सहित बिदाई गरे ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment