विगतका गल्ती सच्याइरहेको छु : प्रधानन्यायाधीश राणा

डिसी नेपाल
१६ साउन २०७६ १८:४३

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायालयका विगतका गल्तीलाई सच्याउँदै अघि बढिरहेको बताएका छन्। प्रधानन्यायाधीश राणाले न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा आफू क्रियाशील रहेको पनि स्पष्ट पारे।

बिहीबार विभिन्न संचारमाध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संचारमाध्यामहरुलाई नागरिकको सहज, सरल र निष्पक्ष ढंगले न्याय पाउने सपना परिपूर्ति गराउने कार्यमा सहयोग गर्न पनि पटक–पटक आग्रह गरे।

‘न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा हामी सधैं क्रियाशील छौं, हिजो भएका गल्तीलाई दिनानुदिन सच्याउँदै हामी अघि बढिरहेका छौं,’ संचारकर्मीमाझ प्रधानन्ययधीश राणाको अठोट थियो, ‘न्यायपालिका स्वतन्त्र, निष्पक्ष र समक्ष हुनुपर्छ भन्ने संविधानको मुलमर्म पूरा गर्न सकेको योगदान दिन आफू प्रतिवद्ध छु ।’

प्रधानन्यायाधीश राणाले न्यायलय एक्लैले न्याय पाउने नागरिकको अधिकारलाई पूरा गर्न नसक्ने उल्लेख गर्दै त्यसमा सरकार, संसद र संचारकर्मीहरुको ठूलो सहयोगको अपेक्षा गरिएको पनि बताए। उनले अदालतको गल्ती ढाकछोप नगर्न पनि संचारकर्मीहरुलाई आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *